निर्वाचनको मतगणना आज रातिबाटै शुरु गरिने

काठमाडौं, ४ मंसिर । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । मतगणना आज राति ९ बजेबाट नै शुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनका अनुसार मतदान आज ५ बजेभित्र सम्पन्न गरिने छ । मतदान सकिएपछी सबै मतपेटिकाहरु संकलन गरि राति ९ बजेदेखि मतगणना शुरु गरिने भएको हो ।

प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताएका छन् । साथै मंसिर २२ गते भित्र सबै नतिजा राष्ट्रपतिलाई बुझाइने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here