‘काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिन्छ’- गगन थापा

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् ।

मैतिदेवी मतदान केन्द्रबाट मतदान गरेसँगै संचारकर्मीसँग कुराकानी गर्दै थापाले उक्त कुरा बताएका हुन् । संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।

‘मैले मेरो दाबी प्रस्तुत गरिसकेको छु। म सांसद भएर गएको भोलिपल्टदेखि संसदीय दलको निर्वाचनको तयारी गर्नेछु,’ उनले भने, ‘संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देशलाई हाँक्ने हो भन्ने मेरो संकल्प हो। त्यसका लागि मलाई निर्वाचन क्षेत्रको मतदाताले पुर्याउनुहुनेछ।’

थापा काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनले अहिले शानदार ढंगबाट जित्नेमा विश्वस्त रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here