‘१ बजेसम्म ३२ प्रतिशत मत खस्यो, अघिल्ला निर्वाचनको तुलनामा मत घट्ने संभावना’

काठमाडौं,४ मंसिर । निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले मध्यान्हसम्म ३२ प्रतिशत मत खसेको जनाएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशैभर बिहान ७ बजेबाट मतदान भइरहेको छ। 

केही ठाउँमा झडप र विवादका घटनाहरु सुनिएपनि धेरैजसो ठाउँमा अवस्था सामान्य रहेको आयोगले जनाएको छ। करिब ५० ठाउँमा मतदान विवादका कारण प्रभावित भएको थियो। तीमध्ये ३० बढी स्थानमा पुनः सुचारु भइसकेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बिहानैदेखि अघिल्ला निर्वाचनहरुको तुलनामा कम मत खसिरहेको बताएका छन्। ‘पहिलेभन्दा यो पटक कम मत खसिरहेको छ,’ उनले भने, ‘यही गतिमा मतदान भइरहे मत प्रतिशत घट्ने संभावना छ, तर अहिले नै कति खस्छ भन्ने यकिन गर्न सकिँदैन,’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here