सकियो मतदान, ६० प्रतिशत आसपास मत खसेको अनुमान

फाइलफोटो

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतवार देशैभर एकै चरणमा सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान देशका केही ठाउँमा भएका झडपबाहेक शान्तिपूर्ण रुपमा सकिएको हो।

तर मतदानका लागि लाइनमा बसेकालाई भने निर्वाचन आयोगले समय दिएको छ। तर, यो निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक देखिएन। ६० प्रतिशत आसपास मत खसेको अनुमान गरिएको छ।

यद्यपि ५ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरिसकेका मतदाताहरुले केही अबेरसम्म पनि मतदान गर्न पाउने छन् । केही मतदानस्थलमा विवादका कारण रोकिएकाले ती स्थानमा मतदान गराउने प्रयास जारी छ ।

दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका स्थानमा मतदान रोकिएको छ । ती स्थानमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरस्थित पातु बनगाउँ मतदान केन्द्रमा बेलुका सात बजेसम्मै मतदानको समय तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here