काठमाडौंका सबै क्षेत्रको मतगणना आजैबाट, यी १० स्थानमा हुँदैछ गणना

फाइलफोटो

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना आइतबार रातिदेखि शुरु गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार १० वटै क्षेत्रको मतगणना रातिबाट शुरु हुन लागेको हो ।

मतपत्रका बाकसहरु आइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना हुने आयोगले जनाएको छ ।

काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।

काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना तयारी गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here