निर्वाचन आयोगले भन्यो-‘६१ प्रतिशत मत खस्यो, कम मत खस्नुको कारण केलाउन सकेका छैनौँ’

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् ।

थपलियाले अपेक्षा अनुसार मत खस्न नसकेको कारण केलाउन नसकिएको बताए । प्रारम्भिक तथ्यांकअनुसार ६१ प्रतिशत खसेको बताउँदै कम खस्नुको कारणबारे पत्ता लगाउन नसकेको बताए ।
 
‘कारण केलाउन सकेका छैनौं । दिउँसोसम्म १०–११ प्रतिशत भन्दा कम मत खसेको थियो । प्रदेश १ मा कम खसेको अन्यत्र भन्दा कम खस्यो,’ उनले भने ।  १–२ प्रतिशत तथ्यांक बढ्न सक्ने बताए ।

सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए ।

सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here