मतदानका क्रममा भएको विवादलाई लिएर बाजुरामा एक विद्यार्थी नेताको विभत्स हत्या

काठमाडौं । बाजुरामा आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ। 

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन ऐडीको हत्या गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति विवाद हुँदा कुटपिटबाट ऐडी घाइते भएका थिए। 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ऐडीको शव अहिले बयलपाटा अस्पताल अछाममा राखिएको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उनका अनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर ऐडीमाथि आक्रमण गरिएको हो। ऐडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र ऐडीको मृत्यु भएको थियो। उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here