कास्की २ मा घण्टीको अग्रता कायमै, एकीकृत समाजवादी तेस्रो स्थानमा

काठमाडौं, ५ मंसिर । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्।

पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। १९९८ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल ७११ मत प्राप्त गरेका छन्।

एमालेकी विद्या भट्टराई ४७० मत प्राप्त गर्दा सत्ता गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले ३३५ मत ल्याएका छन्।

राप्रपाका उम्मेदवार सुर्वणराज पन्तले २९९ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here