इलाम-२ मा प्रारम्भिक मत गणनामा दोब्बर मतले पछि परे सुवासचन्द्र नेम्वाङ

काठमाडौं, ५ मंसिर । देशभर मतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्।

पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

इलाम -२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् ।

नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याउँदा नेम्वाङले २७६ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here