काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक, राजन भट्टराई भारी मतले पराजित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

महामन्त्री थापाले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । थापा २१ हजार २९३ मतसहित विजयी भएका हुन्।

भट्टराईले १३ हजार ८३७ मत पाएका छन्। २०७० र २०७४ सालको चुनावमा पनि गगन यही क्षेत्रबाट विजयी भएका थिए भने राजन पराजित भएका थिए ।

काठमाडौं– ४ बाट ह्याट्रिक गरेका गगन थापाले प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने बताएका छन् । आइतवार मतदान गरेलगत्तै गगनले निर्वाचित भएको भोलिपल्टदेखि नै संसदीय दलको नेता बन्न पहल गर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here