सागर ढकालले भने-‘डडेल्धुरावासीलाई गाली नर्गनुहोस्, परिवर्तनको लहर आइसकेको छ’

काठमाडौं । स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । मंगलवार विहान सामाजिक सञ्जाल मार्फत डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकाले उक्त आग्रह गरेका हुन् ।

उनले डडेल्धुरामा देउवा विजयी भए पनि आफूले जिते सरह नै हुने बताएका हुन् ।

उनले डडेल्धुराका युवाले साथ दिएको भन्दै धन्यवाद दिएका छन् । यस्तै उनले डडेल्धुराका युवा तथा मतदातालाई गाली नगर्न पनि आग्रह गरेका छन् ।

‘मैले जिल्लाबाट सम्मानजनक मत पाएको छु । अहिले सामाजिल सञ्जालबाट यहाँका स्थानीयलाई गाली आइरहेको छ । त्यस्तो नगरिदिनुहोला । उहाँहरूले मलाई साथ दिनुभएको हो’, उनले भने । देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ ।

उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here