काठमाडौं ९ मा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी

काठमाडौं । प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको छ ।

काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएसँगै प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको हो ।

एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाएर निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छिन् । ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here