दोब्बर मतसहित गोरखा क्षेत्र नं १ मा बजगाई बने विजयी

काठमाडौं, ७ मंसिर । गोरखा प्रतिनिधिसभा क्षेत्र नं १ मा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई भारी मतसहित विजयी भएका छन् ।

नेपाली कांग्रेसका बजगाइले प्रतिद्वन्दीभन्दा दोब्बर मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत ल्याएकोमा बजगाईले ३३ हजार ४ सय २८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८ सय ९२ मत पाएका छन् । त्यस्तै जनता समाजबादी पार्टीका रुपेश रानाले २३६ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here