माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी

फाइलफोटो

काठमाडौं, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार अध्यक्ष प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्। जम्मा ५४ हजार ३१ मतगणना भएकोमा ३ हजार १ सय ३४ मत बदर भएको थियो ।

प्रचण्डका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका अब्दुस मियाले ७ हजार ३१२ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here