काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणा आउने क्रम जारी छ । हालसम्म प्राप्त मतपरिणाम अनुसार प्रतिनिधि सभामा सबैभन्दा धेरै क्षेत्रमा नेपाली कांग्रेसले जित हात पारेका छ ।
समानुपातिक तर्फ एमाले अगाडि रहेको छ । बिहीबार बिहानसम्मको अन्तिम परिणाम अनुसार बिहीबार बिहानसम्मको मतपरिणाम अनुसार समानुपातिकमा एमालेले सबैभन्दा धेरै चार लाख २३ हजार ८४० मत प्राप्त गरेको छ ।
कांग्रेस तीन लाख ८७ हजार ८१२ मतका साथ एमालेलाई पछ्याइरहेको छ । समानुपातिकमा सुरुवातदेखिनै एमाले कांग्रेसभन्दा अगाडि रहँदै आएको छ ।
तेस्रोमा भने नवगठित रास्वपा रहेको छ । रास्वपाले दुई लाख २० हजार ५९९ मत प्राप्त गरेको छ । माओवादी केन्द्र रास्वपाभन्दा पनि पछाडि छ ।
माओवादीले एक लाख ८२ हजार ८९६ मत प्राप्त गरेको छ । अहिलेसम्मको मत परिणामअनुसार प्रतिनिधिसभा समानुपातिकमा माओवादी केन्द्र चौथो स्थानमा छ ।
पाँचौँ स्थानमा राप्रपा रहेको छ । राप्रपाले एक लाख १६ हजार ७९६ मत प्राप्त गरेको छ ।
कांग्रेसले प्रतिनिधि सभामा २५ सिटमा जित हात पारेको छ भने ३२ सिटमा अग्रता बनाएको छ । हालसम्म जित हात पारेका स्थान र अग्रताका हिसाबले कांग्रेस पहिलो दल बन्ने बाटोमा देखिएको छ ।
दोस्रोमा कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले १५ क्षेत्रमा जित हात पारेको छ भने २८ सिटमा अगाडि छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यसपालीको चुनावमा खुम्चिने संकेत देखिएको छ ।
माओवादी केन्द्रले सात सिट जितेको भने ११ सिटमा अग्रता बनाएको छ । नेकपा नेकपा (एकीकृत समाजवादी)ले ६ सिटमा जित हात पारेको छ भने चार सिटमा अग्रता बनाएको छ । चुनावअघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतत्रले चार सिटमा जित हात पारेको छ भने पाँच सिटमै अग्रता बनाएको छ ।