राष्ट्रिय स्वतन्त्र पार्टीप्रति ओलीको कटाक्ष-‘हाहाहुहुमा देश चल्दैन, गन्तव्य, नीति के हो’ ?

काठमाडौं, ८ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयप्रति कटाक्ष व्यक्त गरेका छन्।

बिहीबार विजयी सभालगायतमा सहभागी हुन जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले हाहाहुहुमा देश नचल्ने भन्दै कटाक्ष गरेका हुन् ।

रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले यो मामुली कुरा भएको प्रतिक्रिया दिए।

पार्टीको उदयलाई ठूलो कुरा नभएको टिप्पणी पनि गरे। ‘यो स्वभाविक कुरा हो। उदय भनेर जे प्रचार र प्रपागाण्डा गरियो, त्यो वास्तवमा तपाईंहरु (पत्रकार)हरुको कृपा हो। देशलाई गलत बाटोतिर लैजान खोज्दै हुनुहुन्छ नेपालका बौद्धिक जगतले’, उनको भनाइ थियो।

‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो।

देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हा हा हु हु मा त देश चल्दैन। हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’

उनले मिलीजुली सरकार बनाउनुको विकल्प नरहेको भन्दै अब फोहोरी खेलसमेत सुरु हुने बताए। ‘निर्वाचनको परिणामले कुनै पार्टीको बहुमत सरकार बन्दैन। मिलीजुली सरकार बन्छ। मिलीजुली सरकार बनाउँदा सुरुबाटै योग्य मान्छे दिनसक्ने स्थीति हुँदैन। बहुमत पुर्‍याउनका लागि अब फोहोरी खेल सुरु हुन्छ,’ उनले भने।

उनले निर्वाचनलाई गम्भीर निर्णय गर्ने उत्सवको रुपमा लिन आग्रह गरे। ‘यो रमाइलो गर्ने उत्सवजस्तो होइन। गम्भीर निर्णय लिने उत्सव हो। यही निर्णयले भोलि देशलाई कता लैजान्छ भन्ने कुराको निर्क्यौल हुन्छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here