पूर्वअर्थमन्त्री र अर्थशास्त्री हराउँदै चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल निर्वाचित

काठमाडौं । चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

ढकाल ३४ हजार १८९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।

उनले पटक पटक प्रतिनिधित्व गरेका तथा अर्थमन्त्री समेत भइसकेका सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोग छाडेर राजनीतिमा होमिएका अर्थशास्त्री विश्वनाथ पौडेल हराए । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

पाण्डे यसअघि २०७४ र २०७० सालको चुनावमा यहीं क्षेत्रबाट विजयी भएका थिए । माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी अर्थमन्त्री भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here