अर्थमन्त्री शर्मा साढे २६ हजार मतान्तरले विजयी, रुकुम पश्चिम माओवादीको ‘क्लिन स्वीप’

काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् । यस क्षेत्रमा कुल ६० हजार ५६२ मत खसेकोमा शर्माको पक्षमा ३९ हजार ५४९ मत आएको थियो।

शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।

शर्माको यो चौथो जित हो। यसअघि ०६४, ०७०, ०७४ मा पनि उनी फराकिलो मतान्तरले निर्वाचित भएका थिए।

यता प्रदेश सभाअन्तर्गत पनि माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्। (क) र (ख) दुवै क्षेत्रमा माओवादी उम्मेदवारहरू फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। २९ हजार ५४३ मत खसेको (क) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मतसहित निर्वाचित भएका छन्।

यता (ख) मा माओवादीलकै राजकुमार शर्मा १२ हजार ८२ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here