संसदमा नदेखिने भए ओलीका अर्का विश्वास पात्र शेरबहादुर तामाङ र शेरधन राई

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।

उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेतसँग ११ हजार ८७४ मतान्तरले पराजित भएका हुन् ।

तामाङले २७ हजार ४९३ मत ल्याए । यो क्षेत्रबाट विजयी भएका बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गरे ।

त्यस्तै पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुरमा प्रदेश नं १ मा हारेका छन् । राईलाई सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँतीले हराएका हुन् ।

किराँतीले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन् । किराँती तेस्रो पटक सांसदमा विजयी भएका हु्न् । उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गरे ।

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो ।

यसअघि ओलीका विश्वास पात्र मानिले ईश्वर पोखरेल, शंकर पोखरेल, महेश बस्नेतहरु पराजित भैसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here