देवेन्द्रराज कंडेललाई हराउँदै नवलपरासी-२ बाट राप्रपा ध्रुवबहादुर प्रधान विजयी

काठमाडौं, ९ मंसिर । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।

प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here