मध्यक्रमपछि नतिजा उल्ट्याउँदै गोकुल बाँस्कोटाको संसद यात्रामा दोस्रो इनिङ

काठमाडौं । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा विजयी भएका छन्।

बाँस्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ९ सय १७ मतान्तरले पछि पार्दै विजय भएका हुन्।

मतगणनाको सुरुवातदेखि नै नेपाली कांग्रेसका शिव हुमागाईंसँग पछि पर्दै आएका उनले मध्यक्रमपछि नतिजा उल्ट्याउँदै प्रतिनिधिसभामा सिट पक्का गरेका हुन्।

बाँस्कोटाको पक्षमा ४५ हजार ३४५ मत आउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हुमागाईंको पक्षमा ३९ हजार ४२८ मत परेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गरेका छन्।

सोही क्षेत्रबाट ०७४ मा बाँस्कोटाले देशभरकै तेस्रो ठूलो भारी मतान्तरले कांग्रेसका नेता मधु आचार्यलाई पराजित गरी विजयी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here