प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए ।

भण्डारीले एक हजार ५९२ मतले ज्ञवालीलाई पछाडि पार्दै विजयी भएका हुन् । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो ।

त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित भएका थिए । ०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here