समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी तेस्रोमा उक्लियो

फाइलफोटो

काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो ।

दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेले १९ लाख ९२ हजार ३ सय ४ मत ल्याइसकेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख २५ हजार १ सय ५८ समानुपातिक मत पाइसकेको छ। 

यस्तै तेस्रोमा रहँदै नेकपा माओवादी केन्द्रले ८ लाख ५८ हजार २ सय ६६ समानुपातिक मत ल्याएको छ भने यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले अहिलेसम्म ८ लाख १८ हजार २ सय ५२ मत ल्याएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here