काठमाडौं, १० मंसिर । सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
।यादवले महतोलाई २ हजार ११ मतान्तरले पराजित गरे । महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका राजनारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ६ हजार ५५४ मत पाए ।