रामेछापमा कांग्रेसका कान्छाराम तामाङ विजयी

काठमाडौं । रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न परिणामअनुसार उनी आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

विजयी तामाङले ४७ हजार ९८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी ढुंगेलले ३० हजार ७२९ मत ल्याए। तामाङ १६ हजार ३६९ मतान्तरले विजयी भएका हुन्।

यस्तै, प्रदेशतर्फ क्षेत्र नम्बर १ मा माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर २ मा युवराज चौलागाईं विजयी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का चौलागाईंले २१ हजार ७४६ मत ल्याउँदा एमालेका उम्मेदवार मिलनकुमार घिसिङले १७ हजार ८६७मत पाए।

राप्रपाका भरत सिं वाइबाले २ हजार ५१ मत ल्याएर तेस्रो भएका छन्। 

रामेछापको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका तारा नारायण श्रेष्ठ विजयी भएका छन् ।

नेकपा (एमाले) का उम्मेदवार शान्ति प्रसाद पौडेललाई १ हजार ९९१ मतले पराजित गर्दै सत्ता गठबन्धनका श्रेष्ठ विजयी भएका हुन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here