माओवादीको आधार क्षेत्रमै गिरीराजमणि पोखरेल पराजित

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्। 

नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन्।

प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले–जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भए ।

०६४ देखिका सबै निर्वाचन जित्दै आएका पोखरेल यसपटक भने माओवादीको आधार क्षेत्रमै पराजित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here