१५५ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

फाइलफोटो

काठमाडौं । मंसिर ४ गते भएको संघीय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधि सभाअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अन्य ७ क्षेत्रको मतगणना पनि अन्तिम चरणमा पुगेको छ भने ३ क्षेत्रको अझै सुरु हुन सकेको छैन ।

आइतबार बिहान ७ बजेसम्म सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेस ५२, नेकपा एमाले ४१, नेकपा माओवादी १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त पार्टी ७, जनता समाजवादी पार्टी ६, लोकतान्त्रिक समाजवादी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेमकिपाले १र१ र स्वतन्त्र ५ सिटमा विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here