समानुपातिक मतगणना: एमालेलाई पछ्याउँदै कांग्रेस, घण्टीलाई उछिन्दै फेरि अघि लाग्याे माओवादी

फाइलफोटो

काठमाडौं, १२ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

सोमबार बिहान पौने १२:३० बजेसम्म ९३ लाख ८ हजार १६४ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २५ लाख ३४ हजार ४४४ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २४ लाख ३ हजार ७ मत पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ८३१ मत पाएको छ। माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ मत पाएर चौथो स्थानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४५हजार ६९०, जनता समाजवादी पार्टी, नेपाल ३ लाख २६ हजार ४१८ जनमत पार्टी २ लाख ६२ हजार ८२६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ५२ हजार १५५, नागरिक उन्मुक्ति पार्टी २ लाख ३७ हजार ९६४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २७ हजार ९२२ मत पाएको छ। निर्वाचन आयोगले तीव्र गतिमा उच्च सुरक्षाबीच मतगणना गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here