धनुषा क्षेत्र नम्बर ४ बाट एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।

रघुवीरले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई झिनो मतअन्तरले हराएका हुन्।

रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन्।

महासेठ २०७४को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए। यो जीत संगै नेकपा एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको हो।