समानुपातिक मतगणना: एमालेले कटायो २६ लाख, समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल ९६ लाख ७० हजार ८८३ मतगणना गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

मंगलबार बिहान ११:५५ बजेसम्मको गणना अनुसार नेकपा (एमाले)ले २६ लाख २१ हजार ६२६ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २४ लाख ७८ हजार ३४१ मत प्राप्त गरेको छ।

नेकपा (माओवादी केन्द्र)ले ११ लाख २१ हजार ७४७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८२ हजार ७२२ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५६ हजार २७ जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार ७७३ मत प्राप्त गरेको छ।

आयोगका अनुसार जनमत पार्टीले तीन लाख १८ हजार ३६८ र नेकपा९ एकीकृत समाजवादी०ले दुई लाख ७१ हजार ५५२ मत प्राप्त गरेको छ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ५९१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३९ हजार ४०, नेपाल मजदूर किसान पार्टीले ७३ हजार २६२, मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here