समानुपातिक मतगणना: एमालेको अग्रता कायमै, एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न हम्मेहम्मे

फाइलफोटो

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल ९९ लाख ९३ हजार ५६८ मतगणना गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

बुधवार बिहान ८ बजेसम्मको गणना अनुसार २६ लाख ९४ हजार १२४ मतसहित शीर्ष स्थानमा रहेको छ ।

नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएको छ । यस्तै जसपाले ३ लाख ८८ हजार ४८२ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत पाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४७ हजार७०१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४७ हजार९३७, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ५९३, मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here