एक करोड मत गन्दा एमालेको अग्रता कायमै, एकीकृत समाजवादी थ्रेस होल्ड कटेन

फाइलफोटो

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ४१ हजार १२८ मतगणना गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

बुधवार बिहान १२:३५ बजेसम्मको गणना अनुसार एमाले २७ लाख ९९४ मतसहित शीर्ष स्थानमा रहेको छ ।

नेपाली कांग्रेसले २५ लाख ५९ हजार ८४ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४५ हजार ३४५ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार १४३ मत पाएको छ । यस्तै जसपाले ३ लाख ९६ हजार ४५१ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले २ लाख ८२ हजार ६०६ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ५० हजार ४३१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४८ हजार ७५६, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ६४३ मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here