‘नदी, प्राकृतिक सम्पदाका दोहन रोक्न कडाइको साथ पहल गर्छु’ – नेता केसी

नुवाकोट । नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा नुवाकोट प्रतिनिधि सभा २ का संघीय संसद अर्जुन नरसिंह केसीले नियम विपरित भैइरहेको नदी तथा प्राकृतिक सम्पदाको दोहनलाई कडाइको साथ रोक्न पहल गर्ने बताएका छन् ।

विदुर नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेता केसीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै केसीले बिदुर नगरपालिकामा औद्योगिक ग्राम स्थापना गर्ने,नगरपालिकाको हरेक समस्या समाधन गर्न तयार रहेको बताए ।

गल्छी-स्याफ्रु सडक अन्तर्गत पर्ने सडक क्षेत्रको पीडितलाई क्षतिपूर्ति दिलाउन लागिपर्ने बताए ।

उक्त कार्यक्रममा प्रदेश साम्सद रामप्रसाद ढुंगानाले नगरको विकासमा आफू लागि पर्ने बताए । कार्यक्रम नगर प्रमुख राजन श्रेष्ठको सभापतित्व र उपप्रमुख प्रभा बोगटीले स्वागत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here