समानुपातिकतर्फ ‘घण्टी’ले कटायो ११ लाख मत, समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड १ लाख ७१ हजार ३६३ मतगणना गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ।

समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

बुधवार दिउँसो ४:१५ बजेसम्मको गणना अनुसार एमाले २७ लाख २० हजार ६९२मतसहित शीर्ष स्थानमा रहेको छ ।

नेपाली कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५५७ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २४५ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार २७८ मत पाएको छ । यस्तै जसपाले ३ लाख ८ हजार ९६४ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ७६ हजार १९९ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले २ लाख ९० हजार १९६ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३७, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ८३३ मत प्राप्त गरेका छन्।

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न ३ प्रतिशत मतको थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here