चुनावपछि फ्रेस हुन सुकुटे’ पुगे प्रचण्ड, सुनकोसीमा र्‍याफ्टिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटा सुकुटे पुगेका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् ।

सभामुख सापकोटा पार्टीमा नजिकका विश्वासपात्र हुन् । प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गरेका थिए ।

सुकुटे पुगे लगत्तै अध्यक्ष प्रचण्डले र्‍याफ्टिङ्ग पनि गरेका छन् । दाहाल सुकुटे स्थित सुकुटेबीच रिसोर्टमा बसेका छन्। अध्यक्ष प्रचण्डले आगामी सरकारको नेतृत्वको सवालमा निकट्स्ठहरुसँग छलफल गर्ने स्रोतको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here