समानुपातिक मतगणना: एमालेले कटायो २७ लाख २६ हजार, समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड २ लाख १३ हजार ५५४ मतगणना गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ।

समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

विहीवार बिहान ८३० बजेसम्मको गणना अनुसार एमाले २७ लाख २६ हजार ३०३ मतसहित शीर्ष स्थानमा रहेको छ ।

नेपाली कांग्रेसले २५ लाख ९३ हजार ७४२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार १९४ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ५ हजार ३७९ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ७३९ मत पाएको छ । यस्तै जसपाले ४ लाख ११ हजार ८५६ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ८१ हजार २४४ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २ लाख ९२ हजार ८२ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ७०५, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६० हजार १०१, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ९२३ मत प्राप्त गरेका छन्।

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न ३ प्रतिशत मतको थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ ।