पहिलाे पटक मन्त्री बने याेगेश भट्टराई, सम्हाले पर्यटन मन्त्रालय

नेकपा नेता तथा सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा नियुक्त भएका छन् ।

उनले बुधबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गाेपनियताकाे सपथ ग्रहण गरे ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरालगायतको उपस्थिति रहेको थियो । भट्टराई प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङ्गबाट निर्वाचित भएका सांसद हुन् ।

नेकपाका लोकप्रीय युवा नेताको रूपमा चिनिने भट्टराईलाई प्रधानमन्त्री ओलीले पटकपटक मन्त्रालयको नेतृत्व लिन आग्रह गरेपछि उनी मन्त्री बन्न तयार भएको बताइएको छ ।

गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि मन्त्रालय प्रधानमन्त्री ओलीकै जिम्मामा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here