वर्ल्ड मर्चेन्ट फाइनान्स समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले वर्ल्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सलाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको छ ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गरी साउन ७ गतेको निर्णय अनुसार समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरेको बताएको हो ।

‘ग’ वर्गको उक्त फाइनान्सलाई राष्ट्र बैंकले २०७० बैशाख १३ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा राष्ट्र बैंकले घोषणा गरेको थियो । राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख अनुसार निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी समस्या ग्रस्त घोषणा गरिएको थियो ।

फाइनान्समा विवादित रियलस्टेट व्यावसायी सुधिर बस्नेत समूहको लगानी रहेको थियो ।

समस्याग्रस्तबाट हटेपछि फाइनान्सले निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here