चोलेन्द्रशमशेरलाई संसद महासचिव गौतमले दिएको पत्र कार्यन्वयन नगर्न आदेश

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नुरनगराउनु अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको भन्दै विभिन्न निकायमा जारी भएको पत्र समेत तत्काल कार्यान्वयन नगर्नु र नगराउन समेत अदालतले आदेश दिएको छ ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here