जोरपाटी साँखु सडक खण्ड ठप्प, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

काठमाडौं । जोरपाटी–साँखु सडक खण्ड मर्मतको गर्न माग गर्दै थलीका स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

थलीमा भेला भएर स्थानीय बासिन्दाले बिहानैदेखि सडक बन्द गराएका हुन् ।

सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् । यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए । तर, ठेकेदारसँग सडक मर्मत गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो ।

सहमति अनुसार सडक मर्मतको काम नभएपछि फेरि स्थानीय बासिन्दाले केही दिनयतादेखि विरोध गर्दै आएका छन् । विरोध प्रदर्शन भइरहेकाले यो सडक खण्ड हुँदै ओहोरदोहोर गर्ने गाडीलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here