देउवाले नछाडेपछि संसदीय दलको नेताका आकांक्षी रामचन्द्र पौडेल देउवाकै प्रस्तावक

फाइलफोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् ।

पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् । यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

पौडेल आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।

नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् ।

पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here