ट्वीटरको सीइओ पदबाट राजीनामा दिने एलन मस्कको घोषणा

काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट राजीनामा दिने भएका छन् । उनले आज बिहान ट्वीटर गर्दै छिट्टै सीइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्वीटरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए । 

ट्वीटरमा ​गरिएको भोटिङ पोलमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । 

किन मन परेन प्रयोगकर्ताहरुलाई मस्कको ट्वीटर प्रमुख कार्यकारी पद ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here