कांग्रेस संसदीय दलको मतदान शुरु, शेरबहादुर र गगन चुनावी मैदानमा

sf7df8f}F, % k';M g]sf ;+;bLo bnsf] pDd]bjf/L btf{ ub}{ k|d b]pjf / dxfdGqL yfkf g]kfnL sf+u|]; ;+;bLo bnsf] g]tfdf dªunaf/ pDd]bjf/L btf{ ug'{x'Fb} k|wfgdGqL Pj+ g]sf ;efklt z]/axfb'/ b]pjf / dxfdGqL uugs'df/ yfkf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका मतदान शुरु भएको छ । कडा सुरक्षकाबीच सिंहदरवारमा बिहान ८ बजदेखि मतदान शुरु भएको हो । १० बजेसम्म मतदान हुनेछ । 

सांसदहरु मतदान गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका छन्। सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।

प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्। सांसदहरूको परिचयपत्र देखाएर मात्रै भित्र प्रवेश दिइएको छ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् । 

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् । 

संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here