कांग्रेस संसदीय दलमा शतप्रतिशत मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको उम्मेदवारका मतदान सकिएको छ । कांग्रेसका सबै ८९ सांसदले मतदान गरेका छन् ।

निर्वाचन समितिले ८ देखि १० बजेसम्मको समय तोकेको भए पनि सभापति देउवा पक्षका सांसदहरुले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदानका लागि मोबाइल लैजान पाउनु पर्ने माग गरेपछि मतदान ढिला गरी भएको थियो ।

मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा मतदान शुरु हुन नसकेको थियो । अब केही बेरमै मतगणना हुनेछ । ४५ मत ल्याउने उम्मेदवारले जित हासिल गर्नेछन् । शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here