कांग्रेसमा पुस्तान्तरणको प्रयास असफल, गगनले पाएनन् आफ्नै समूहका मत

काठमाडौं । नेपाली कांग्रेसका पुस्तान्तरणको प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै पुस्तान्तरणको प्रयास असफल भएको हो ।

यससँगै कांग्रेसमा संस्थापन इतरको साथ र युवा नेताहरुको समर्थनमा देउवालाई महामन्त्री गगन थापाले टक्कर दिएका थिए। यसलाई धेरैले कांग्रेसमा पुस्तान्तरणको संज्ञा दिएका थिए।

देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरे ।

देउवाले ६४ र गगन थापाले २५ मत पाएका छन् । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने आंकलन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here