प्रचण्ड प्रधानमन्त्री नियुक्त‚ शपथ सोमवार दिउँसो ४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार प्रधानमन्त्री नियुक्त भएका छन्। 

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

प्रचण्डले पद तथा गोपनीयताको शपथ सोमवार दिउँसो ४ बजे लिनेछन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here