बालेनको कटाक्ष-‘राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीनवटै सरकारमा’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सात दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शाहले नेकपा एमाले, नेकपा माओवादीसहित सात दलको सरकार बनेकोबारे यस्तो टिप्पणी गरेका हुन् । शाहले राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीनवटै पक्ष सरकारमा पुगेको भन्दै कटाक्ष व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने,र राजा मार्छु भन्ने तीनटै सरकारमा हामी प्रजा सधै सास्तीमा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here