नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।

श्रेष्ठ राष्ट्रियसभा सदस्य छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न ४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन्।

साथै आजकाे साे बैठकमा सरकारमा सहभागी अन्य दलबाट पनि एक-एक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी भइरहेकाे ती पदाधिकारीले बताएका हुन्।

मन्त्रालयको विषयमा टुङ्गो लगाउन शपथ अघि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here