रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने, महत्त्वपूर्ण मन्त्रालयसहित उपसभामुखमा दाबी

फाइलफोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको रास्वपा सभापतिकै नेतृत्वमा सरकारमा जाने तयारी थालेको हो ।

अघिल्लो साता बसेको रास्वपाको बैठकले सरकारमा जाने नजाने निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई नै दिएको थियो । २० सिट रहेको रास्वपाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको छ ।

महत्त्वपूर्ण मन्त्रालयमा रास्वपाको दाबी छ । तर पार्टीहरूको संयुक्त बैठकले मन्त्रालयको भागवण्डा लगाउने छ ।

उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ । सरकारमा सहभागी हुनेबारे अहिले रास्वपाका नेताहरू आन्तरिक छलफलमा छन् ।

रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here