‘प्रचण्ड’ गणतन्त्रपछि धेरै पटक प्रधानमन्त्री बन्ने व्यक्ति, दौरा-सुरवालमार्फत दिन खोजेको सन्देश के ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’गणतन्त्र आएपछि सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् ।

गणतन्त्रपछि नेपालको प्रथम प्रधानमन्त्री बन्दै इतिहास रचेका ‘प्रचण्ड’ यसपटक पनि प्रधानमन्त्री भएसंगै गणतन्त्र आएपछि नेपालको सबैभन्दा धेरै (३ पटक) प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् ।

२०६४ मा जनताको अपार जनमतका साथ प्रधानमन्त्री बनेपछि राजनीतिक सुझबुझको अभावमा राजीनामा दिन बाध्य भएका थिए।  त्यसपछि २०७३ सालमा देउवासँगकै सहकार्यमा प्रधानमन्त्री बनेका थिए ।

२०६५ मा प्रचण्डको बहिर्गमनपछि एमाले नेता माधव नेपालले प्रधानमन्त्री बन्ने अवसर पाए। नेपालपछि प्रधानमन्त्री बने, एमाले अध्यक्ष झलनाथ खनाल। खनालको पनि छिट्टै बहिर्गमन भयो। 

खनालपछि नयाँ प्रधानमन्त्री चुनिए, डा. बाबुराम भट्टराई, डा. भट्टराईपछि दोस्रो संविधान सभाको निर्वाचन गराउन मन्त्रिपरिषदको अध्यक्ष खिलराज रेग्मी बनाइए। 

यो दशकमा घुमिफिरी केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड नै प्रधानमन्त्री बनेका छन्।

‘प्रचण्ड’ले दौरा-सुरवालमार्फत दिन खोजेको सन्देश?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय गर्न माहिर मानिन्छन् । मुलुक अनिर्णयको बन्दी बनेको धेरै पलहरुमा उनले गाठो फुकाउने काम गरेका छन् ।

पछिल्लो समय यस्तै निर्णयमार्फत मुलुकको कार्यकारी पदमा पुगेका प्रचण्डले पुनः एक पटक सबैको ध्यान आकर्षित गरेका छन् । त्यो हो, पोशाक । उनी यसअघि २०६५ र २०७३ सालमा गरी दुई पटक प्रधानमन्त्री बनिसकेका छन् ।

पहिलो कार्यकाल सत्ताको स्वाद नै चाख्न नपाई सेनापति काण्डका कारण राजिनामा गरेका उनले दोस्रो कार्यकालमा भने लोडसेडिङ अन्त्यसहितका दूरगामी काम गरेका थिए ।

तेस्रो कार्यकाल उनका अगाडी अझ विषम परिस्थति छ । मानिसहरुमा सरकारले काम गर्छ भन्ने विश्वास मरिसकेको छ । यो अवस्थामा कार्यकारी पदमा पुग्दै गर्दा प्रचण्डले राष्ट्रिय पोशाकमार्फत एक साथ धेरै आलोचकको मुख थुन्ने प्रयास गरेका छन् ।

उनी युद्धमा हुँदा दौरा सुरवाललाई पहाडे सामन्ती पोशाकको संज्ञा दिने माओवादी नेताहरुले यस पोशाकलाई झट्ट स्वीकार गरेका थिएनन् । सोमबार प्रचण्डले पहिलो पटक दौरा सुरवाल लगाएका थिए । तर, उनले यसमार्फत राष्ट्रिय एकताको सन्देश भने प्रवाह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here